एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु

डिसी नेपाल
२३ वैशाख २०७७ १६:४५

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको धनगढी–१० का आशाराम चौधरीले चलाएको से१च १८२८ नंको एम्बुलेन्सले विपरीत दिशातर्फ आइरहेको घोडाघोडी नगरपालिका–१० का भरत बोहराले चलाएको म२प ५३०३ नंको मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको हो।

मोटरसाइकलमा सवार गौरीगङ्गा नगरपालिका–८ घर भई सशस्त्र प्रहरी बेसक्याम्प पहलमानपुरमा कार्यरत ३५ वर्षीय हवल्दार गोरख ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मृतक ऐरको उपचारका क्रममा घोडाघोडी अस्पताल सुख्खडमा मृत्यु भएको बताइएको छ । एम्बुलेन्ससहित चालकलाई प्रहरी नियन्त्रणमा लिइएको र मोटरसाइकल चालक बोहराको अवस्था भने सामान्य रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.