असिनापानीले खेतीबाली नष्ट
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेग र २ भगवतीको पञ्चासेमा बुधबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट गरेपछि किसान निराश भएका छन् ।
पाकेर भित्र्याउने बेला भएको गहुँ, जौ, उवालगायत हिउँदे बाली असिनाले चुटेर नष्ट गरेको छ । असिनाले फलफूल, तरकारी र मकैबालीलाई पूर्ण रुपमा क्षति गरेको पञ्चासेका झलक आचार्यले जानकारी दिए । असिनाले यस क्षेत्रका ९० प्रतिशत खाद्यान्नबाली नष्ट गरेको छ ।
यसअघि पनि वैशाख १ गते राति रघुगङ्गा गाउँपालिकाको भगवती, पिप्ले, दग्नाममा परेको असिनापानीले खेतीबाली र भौतिक संरचनामा क्षति गरेको थियो ।
वर्षा र असिनापछि बेगखोलामा बाढी आएपछि बेनी जोमसोम सडकसमेत अवरुद्ध भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए। उनका अनुसार सडक मर्मतका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनालाई आग्रह गरिएको छ।







डिसी नेपाल







Facebook Comment