सिंहदरबार मुलगेटमा चिनिया नागरिक र प्रहरीबीच झडप (भिडियाे सहित)

डिसी नेपाल
२६ वैशाख २०७७ १६:४१

काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट अगाडि नेपालमा रहेका चिनियाँ नागरिकले प्रर्दशन गर्न थालेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।

झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत समेत केही चिनियाँ नागरिक घाइते भएका छन्। उनीहरुले भिषा थप गरिदिनु कि आफूहरु मुलुक फर्कन पाउनुपर्ने माग राखेका थिए ।




प्रतिक्रिया

One thought on “सिंहदरबार मुलगेटमा चिनिया नागरिक र प्रहरीबीच झडप (भिडियाे सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.