सांसद अपहरणबारे सत्य तथ्य संसदलाई जानकारी हुनुपर्छ : सुवास नेम्वाङ
काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले केही दिनअघि सांसद् अपहरण भएको भनिएको घटना उचित नभएको बताउँदै त्यसबारे यथार्थ के हो भन्नेबारेमा बुझ्नु जरुरी रहेको धारणा व्यक्त गरे । नेता नेम्वाङले आफूहरु कुनै पनि आपराधिक क्रियाकलापको पक्षमा नरहेको स्पष्ट गर्दै अधिवेश चल्दा चल्दै यस विषयमा सत्य तथ्य जानकारी हुने अपेक्षा गरेको बताए।
कोरोनाले देश नै तहसनसह पारेका बेला सरकारको तर्फबाट भएको भनिएका यस्ता घटनाले राम्रो सन्देश नदिने उनको भनाइ थियो ।
कोरानाले धेरै क्षेत्रमा प्रभाव पारेको उल्लेख गर्दै उनले विदेशमा रहेका र हाल अप्ठ्यारामा परेका नेपालीको समस्या सम्बोधन गर्न सरकारको ध्यान गएको र चाँडै यथोचित काम हुने जानकारी गराए।
उलने कोरोना सङ्क्रमणविरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले कोरोनाको चुनौतीलाई सामना गरिरहेको अवस्थामा बजेट अधिवेशन प्रारम्भ भएको बताउँदै कोरोनाविरुद्धको लडाइँमा सबैलाई एकजुट हुन आग्रह गरेका हुन् ।
नेता नेम्वाङले कोरोना रोकथामका लागि लकडाउन आवश्यकता एवं बाध्यता भएको र यो प्रभावकारी ढङ्गले कार्यान्वयन भएका कारण कोरोनाको सङ्क्रमणले नेपालमा भयावह रुप लिन नपाएको बताए । सबै एकजुट भएका कारण यो परिणाम आएको बताउँदै उनले आफ्नो दलका तर्फबाट सरकारलाई स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागका रहेर काम गर्ने सबैलाई धन्यवाद दिए ।







डिसी नेपाल








Facebook Comment