अझै संविधान पूर्ण भएको छैन : राजेन्द्र महतो

डिसी नेपाल
२६ वैशाख २०७७ १९:३५

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले कोरोना भाइरसको सङ्क्रमणका कारण अप्ठ्यारोमा परेका नेपाली नागरिकको जीवनरक्षामा केन्द्रित हुन सरकारलाई आग्रह गरेका छन् ।

उनले कोरोनाका कारण ज्यान गुमााउनेप्रति श्रद्धाञ्जलि अर्पण र सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अग्रपङ्क्तिमा रहेर खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतप्रति सम्मान व्यक्त गरे ।

कोरोनाको परीक्षण तीव्र बनाउनुपर्ने र स्वास्थ्यकर्मीलाई आावश्यक सामग्री उपलब्ध गराउनुपर्ने नेता महतोको माग थियो । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न सरकारसँग आग्रह गर्दै उनले जनतालाई राहत र जनताको उपचारमा सरकारलाई केन्द्रित हुन ध्यानाकर्षण गराए।

संसद्को प्रथम अधिवेशनको समयमा आफूहरुले स्थिर र बलियो सरकार गठन भएकामा सुशासन र समृद्धि होला संविधान पनि पूर्ण होला, सबैका अधिकार सुरक्षित होलान भनी खुशी हुँदै सरकारलाई समर्थन गरेको बताउँदै आजको दिनसम्म आइपुग्दा अपेक्षा गरेका जनताले के पाए भनी प्रश्न गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.