सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक महिला डिस्चार्ज, अस्पताल कोरोनामुक्त

डिसी नेपाल
२६ वैशाख २०७७ २०:२२

धनगढी । कोरोना भाइरसबाट सङ्क्रमित भई सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना आज कोरोना ‘पोजेटिभ‘ निको भई अस्पतालवाट डिस्चार्ज भएकी छन्।

अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला आज निको भई अस्पतालवाट डिस्चार्ज भएकी हुन्। उनि कोरोना भाइरसबाट मुक्त भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाको ‘डेडिकेटेड‘ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल कोरोना सङ्क्रमित बिरामीबाट मुक्त भएको अस्पतालका कोरोना उपचार विभाग प्रमुख डा शेरबहादुर कमरले बताए।

अस्पतालको आइसोलेशनमा पनि कोही शङ्कास्पद बिरामी नरहेको डा कमरले जानकारी दिए । उनको आठ पटकसम्म नमूना परीक्षण गरिएको थियो । ३४ दिन अस्पताल बसेर महिलाले कोरोनालाई जितेकी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.