भारतीय विस्तारवादको विरोधमा उत्रिएका पूर्व एआइजी र सहायक रथि पक्राउ

डिसी नेपाल
२७ वैशाख २०७७ १७:४९

काठमाडौं । भारतीय बिस्तारवादको विरोधमा निस्किएका नेपाली सेनाका पूर्वसहायक रथी प्रेम सिंह बस्न्यातसहित एक दर्जन नागरिक पक्राउ परेका छन ।

महानगरीय प्रहरी बृत महाराजगञ्जको टोलीले बस्न्यातसहित एक दर्जन नागरिकलाइ पक्राउ गरेको हो । महाराजगञ्ज प्रहरीको हिरासतमा रहेका पूर्वसहायक रथी बस्न्यातले भारतले नेपाली भूमिमा सडक बनाएको बिरोधमा शंख पार्कमा जुटिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । साथै पूर्व एआइजी डा.ठाकुरमोहन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यसैबीच भारतीय विस्तारवादको बिरोधमा सामाजिक दूरी कायम गर्दै बिरोधमा निस्किएका अनेरास्ववियूका नेता कार्यकर्तामाथि धरपकड गरेको छ ।

प्रहरीकाे भ्यान भित्रै नारा लगाए पूर्व जर्नेल र एआइजीले

पक्राउ गरेपछि प्रहरीले गाडमिा राख्दै गर्दा नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यातले भने, ‘प्रहरीमाथि नेपाली सिमानामा भारतीयले गरेको ज्याजतिकाविरुद्ध बोल्छु भन्दा प्रहरीले नै समातेको छ । भारतीयले सीमा मिच्दा, प्रहरीलाई पिट्दा यीनका आइजीपीले केही गर्दैनन् । यीनका अस्ति रिटायर्ड भएका आइजीपीले मान्छे अपहरण गर्छन् । यो प्रहरीकोलागि बोल्छुभन्दा यो प्रहरीले मलाई समात्यो । ल ठिक छ। यो देश जोगाउनु पर्छ भारतीय विस्तारवाद मुर्दावाद।’

यस्तै, सशत्रका पूर्व एआइजी डा. ठाकुरमोहन श्रेष्ठले पनि प्रहरीको भ्यान बाटै नेपाली एकता जीन्दावादको नारा लगाएका छन् । भारतीय पक्षले गरेको ज्याजतिको बारेमा एउटै ठाउँमा बोल्दै गर्दा उनलाई पनि प्रेमसिंह बस्न्यातसँगै प्रहरीले पक्राउ गरेको थियो । उनले भने, ‘राष्ट्रिय एकता जीन्दावाद। हामीलाई केही डर छैन । प्रहरीले कहाँ लिन्छ भन्ने त थाहा छैन । तर, हिमाल पहाड तराइका जनता एकहुनुहोस्। हामीलाई साथ दिनुहोस देश बचाउँछौं देश जोगाउँछौ । नेपाली एकता जीन्दावाद।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.