भारतीय रक्षामन्त्री माथि खनिए नेपाली

डिसी नेपाल
२७ वैशाख २०७७ २१:१०
8
Shares

काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथसिंह नेपाली ट्वीटर प्रयोगकर्ताको निसानामा परेका छन् । भारतदेखि नेपालको क्षेत्र लिपुलेक हुँदै मानसरोवरसम्म जाने सडकको उद्घाटन गरेको फोटो सहितको ट्वीट गर्ना साथ उनी नेपाली ट्वीटर प्रयोग कर्ताको निसानामा परेकाका हुन् ।

उनले शुक्रबार कैलाश मानसरोवर जाने सडकको उद्घाटनमा खुसी व्यक्त गर्दै ट्वीट गरेका थिए । सो ट्वीटमा नेपाली प्रयोगकर्ताले तीब्र आक्रोश पोखेका छन् ।

नेपाली प्रयागकर्ताले भारतको यो कार्यलाई पुरै अस्वीकार्य भन्दै नेपाली भूमिमा यस प्रकारका काम गर्न बन्द गर्न भनेका छन् । नेपाल सरकारसँग कुनै पनि परामर्श नगरी यस प्रकारका कार्य गर्न पुरै अस्वीकार्य भएको उनीहरुले बताएका छन् ।

नेपाल सरकारले आधिकारीक रुपमा सीमा सम्बन्धी समस्या समाधान गर्नको लागि पत्र लेखेकै अवस्थामा सो पत्रको जवाफ नदिइ एकतर्फी रुपमा यस्तो कार्य गर्नु अस्वकार्य भएको उनीहरुले बताएका छन । केही प्रयोगकर्ताले हिन्दी भाषामै जवाफ दिएका छन् ।

उनीहरुले अरुको सामान चोरेर आफ्नो नाम दिदैमा त्यो आफ्नो नहुँने प्रतिक्रीया दिएका छन् । अधिकांश प्रयोगकर्ताले ‘ब्याक अफ इडिया’ लेखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.