भारतकै भूमिमा बाटो बनाइएको हो : भारतीय विदेश मन्त्रालय

डिसी नेपाल
२७ वैशाख २०७७ २२:१०

काठमाडौं । भारतले शुक्रबार मात्र उद्घाटन गरेको कैलाश मानसरोवर जोड्ने सडक पूर्ण रुपमा भारतकै भूमिमा बनाएको जवाफ नेपाललाई फर्काएकाे छ । नेपाल सरकारले विज्ञप्ति मार्फत विराेध जनाएपछि भारतले पनि पत्रकार सम्मेलन मार्फत जवाफ फर्काएकाे हाे ।

नेपालको भूमीबाट चीनको कैलास सरोवरमा पुग्ने बाटो बनाएपछि नेपाल सरकार परराष्ट्रमन्त्रालयले शनिबार विज्ञप्तिमार्फत आपत्ति जनाएको थियो ।

भारतले नेपाल सरकारद्वारा जारी विज्ञप्तिको प्रतिउत्तरमा नेपाल सरकारद्वारा जारी विज्ञप्ति हेरको र पूर्ण रुपमा भारतकै भूमिमा बाटो बनाएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भारतको उत्तराखण्डमा शुक्रबार मात्र उद्घाटन गरिएको सडक पूर्ण रुपले भारतको जमिनमा रहेको छ । उक्त सडक कैलाश मानसरोवरमा जाने तिर्थ यात्रिका लागि बनाइएको हो । उक्त मोटरबाटो तिर्थ यात्री लगाएत स्थानीय र व्यापारीहरुले पनि आफ्नो सुविधाको लागि प्रयोग गर्न पाउने छन्।’

‘भारतले नेपालसँगको घनिष्ट सम्बन्धलाई मध्यनजर गरी सीमा समस्यालाई समाधान गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । कोरोनाको कहर सकिएपछि नेपाल–भारत विदेश सचिव स्तरीय वार्ताको लागि भारत तयार रहेको विज्ञप्तिमा जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.