‘भिआईपी’ सुरक्षाका सशस्त्र प्रहरीलाई सीमानामा खटाउँदै सरकार
काठमाडौं । नेपाल सकरारले भिआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा खटाउने भएको छ ।
सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्याहाँबाट हटाएर सीमा क्षेत्रमा खटाउने निर्णय भएको बताएका हुन् ।
पछिल्लो समय सीमा सुरक्षा बढाउने योजना बनाएको सरकारले भिआइपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाउने निर्णय गरेको हो ।
हाल नेपाली सीमा क्षेत्रमा २२ हजार ६ सय १६ सुरक्षाकर्मी परिचालित छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment