दुई जना पत्रकारमा कोरोना सङ्क्रमण, पत्रकारको पिसिआर गराउन महासङ्घको आग्रह

डिसी नेपाल
३० वैशाख २०७७ २०:१९

काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को सङ्क्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि तत्काल पिसिआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने तथा आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड– १९ को उच्च जोखिमका बीच अग्रभागमा रहेर नागरिकलाई सुसूचित र सचेत गराउने गहन जिम्मेवारी बहन गरिरहेको सञ्चार क्षेत्र पनि यतिखेर कोरोना भाइसरबाट प्रभावित हुन पुगेकाले पिसिआरबाट परीक्षण गर्न आग्रह गरेका हुन् ।

महासङ्घका अनुसार सोमबार थपिएका ५७ सङ्क्रमितमध्ये कम्तीमा दुईजना पत्रकार सङ्क्रमित हुन पुगेका छन् । महामारीको संवेदनशील घडीमा सीमित स्रोत, साधन र अनेक कठिनाइका बाबजुद कार्यस्थलमा खटिएर पेशागत धर्म निभाइरहेका पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी रहेको भन्दै महासङ्घ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै पत्रकारमा महासङ्घले अपिलसमेत गरेको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.