काठमाडौंमा फेरि देखियो कोरोना
काठमाडौं । काठमाडौंमा पुनः कोरोना संक्रमण देखिएको छ। मंगलबार साँझ एक जना महिलामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित हुनेमा ३३ वर्षिया महिला रहेकी छन्।
काठमाडौंमा यसअघि देखिएका ७ जना कोरोना संक्रमित निको भएका थिए। तर सनसिटी अपार्टमेन्टका पुरुषमा पुनः लक्षण देखिएपछि अस्पताल भर्ना भएका थिए। यस्तै काठमाडौंको छिमेकी जिल्ला भक्तपुरमा पनि कोरोना संक्रमित भेटिएका छन्। भक्तपुरमा एक पुरुष र एक महिला गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमित हुनेहरुमा २५ वर्षीया महिला र २७ वर्षीया पुरुष रहेका छन्। योसँगै भक्तपुरमा पहिलोपटक कोरोना देखिएको हो।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment