खेलकुद् सम्बन्धी विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

डिसी नेपाल
३१ वैशाख २०७७ १३:३५

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।

आजकै बैठकले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले प्रस्तुत गरेको उक्त विधेयक विधायन व्यवस्थापन समितिमा पठायोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।

यस्तै राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ र ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ टेबुल गरे। राष्ट्रियसभाको अर्को बैठक आगामी जेठ २ गते साँझ ६ बजे बस्नेछ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.