भारतीय मिडिया लेख्छ – ‘कालापानी–लिपुलेकमा नेपालले गल्ती गरिसकेको छ, त्यसैले भारत बलियो’

डिसी नेपाल
३१ वैशाख २०७७ १५:०८

काठमाडौं। भारतले लिपुलेकमा नेपाली भूमि हुँदै कैलाश मानसरोवरसम्म जाने बाटो बनाएपछि नेपालले यसको विरोध गरेको छ । भारतले भने यस विषयमा प्रतिक्रिया दिँदै सडक आफ्नै भूमिमा बनाएको दावी गरेको थियो । लगत्तै भारतीय मिडिया आज तकले नेपालले कालापानी र लिपुलेकका विषयमा गल्ती गरिसकेको भन्दै यस मुद्दामा भारत बलियो भएको लेखेको छ । मिडिया ग्रुप इण्डिया टुडेको हिस्सा रहेको यो मिडियाले नेपालसँग कालापानी र लिपुलेकका विषयमा प्रमाण नै नभएको दावी गरेको छ ।

समाचारमा लेखिएको छ ‘नेपाल यी क्षेत्रमा दावी पेश गर्नको लागि जुन दस्तावेजहरुलाई आधार बनाउँछ ती दस्तावेज नै नेपालसँगबाट हराइसकेका छन् । नेपाल १८१६ को सुगौली सन्धि को आधारमा कालापानी, लिपुलेक जस्ता क्षेत्रमा आफ्नो दावी पेश गर्छ । ती अहम दस्तावेजको मूल प्रति उसले हराइसकेको छ । यसका अलावा नेपालसँग १९५० को शान्ति मैत्री सन्धिको मूल प्रति पनि छैन । यी दुवै सन्धिहरु नेपालको इतिहास र उसको विदेश नीतिका अहम हिस्सा हुन् । नेपालको यो लापरवाहीले भारतको पक्ष अझै बलियो हुनेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.