एकसय केजी चरेससहित २ जना प्रहरीको नियन्त्रणमा

डिसी नेपाल
१ जेठ २०७७ १८:०९

धादिङ । लागुऔषध चरेस करिव १ सय केजी सहित २ जनालाई धादिङ प्रहरीेले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका ८ विरहखर्क बस्ने वर्ष ३७ का टेकबहादुर तामाङ र सोही गाउँपालिका महादेवखर्क बस्ने वर्ष २६ का विशाल तामाङ रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको संयुक्त टोलीले गजुरी गाउँपालिका वडा नं ६– दरियालखोला पुल नजिक किरानचोक जाने कची सडकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा.९७ प ४९९ र प्रदेश नं।३–०२–००१ प ७४५८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ४ वटा प्लास्टिकको बोरामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध चरेस सहित फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य ब्यक्तिहरुको बारेमा खोजतलास तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागुऔषध चरेस सहित पक्राउ परेका दुवै जनालाई म्याद थप अनुसन्धान कार्वाहीको लागि जिल्ला सरकारी कार्यालय धादिङ हुदै जिल्ला अदालत धादिङमा पेश भएको र अदालतबाट लागुऔषध सम्बन्धी कसुर मुद्दामा १० दिनको म्याद प्राप्त भएको हुँदा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रबिन्द्र रेग्मीले पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको हो ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.