गायक योगेश काजीको ‘खुसी साटौं’ बजारमा
काठमाडौं । लकडाउनका कारण घरमा बसेर हैरानी भएका संगित प्रेमीका लागि योगेश काजीले ‘खुसी साटौं, दुःख बाँडौ ल्याएर आएका छन् ।
‘एस इन्टरटेन्मेन्ट’को युट्युव च्यानलबाट सार्वजनिक गरिएको गितमा योगेश काजी, सारिका घिमिरे र मदन सेन्चुरीले स्वर दिएका छन् ।
‘खुसि साटौं मन र बचनले’ बोलको गितमा सारिका घिमिरेले कलम चलाएकी छन् भने योगे काजीले नै संगित गरेका छन्।
प्रविण भट्ट र विक्रमादित्य शाहले सम्पादन गरेको भिडियोमा नेपालका चर्चित अनुहारले कोरोनाका कारण घरमै बसौं र माया बाडौं भन्ने सन्देश दिएका छन् ।
चर्चित गायिका कोमल ओली, हास्यकलाकार मरिचमान श्रेष्ठ, लोकदोहोरीका सर्जक बसन्त थापा, गायिका मेलिना राई, गायक प्रकास सपूत लगाएत चर्चित कलाकारको अनुहार भिडियोमा देख्न सकिन्छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment