१४ वर्षकी किशोरीको चिहान खनेर लाश निकालेर लाशसँग यौन सम्पर्कको प्रयास !
काठमाडौं। केही मानिसको मानसिकता यतिसम्म विकृत हुन्छ कि उनीहरु कैयौं डरलाग्दा कामहरु गर्छन् । विकृत मानसिकताले ग्रस्त एक व्यक्तिले चिहान खनेर लाश निकालेर लाशसँगै यौन सम्पर्कको प्रयास गरे । ती व्यक्तिले १४ वर्षकी एक किशोरीको चिहान खनेर लाश बाहिर निकाले । त्यसपछि उनले त्यही लाशसँग यौन सम्पर्कको प्रयास गरेका थिए । हिन्दुस्तान टाइम्सका अनुसार घटना भारतको असम राज्यको हो ।
मृतक १४ वर्षकी किशोरीको संदिग्ध परिस्थितिमा मृत्यु भएको थियो । एक दिनअघि मात्र किशोरीका परिवारले लाश गाडेका थिए । धेमाजी जिल्लाको देवगांवकी ती किशोरीको मृत्यु १७ मेको राती शंकास्पद परिस्थितिमा भएको थियो । त्यसपछि परिवार र गाउँलेले मिलेर शवलाई सीमन नदीको किनारामा गाडेका थिए ।
१८ मेका दिन त्यहाँ केही माछा मार्नेहरुले अकान साइकिया नामका व्यक्तिले लाशँग यौन सम्पर्कको प्रयास गरिरहेको देखे । ती व्यक्तिले चिहान खनेर लाश बाहिर निकालेर बलात्कारको प्रयास गरेका थिए । गाउँलेहरुले उनलाई रंगेहात समातेका थिए । पुलिका अनुसार आरोपीलाई गिरफ्तार गरिएको छ ।
ती व्यक्तिलाई हालै कोरोनाभाइरसका कारण जेलबाट रिहा गरिएको थियो । गाउँलेहरुले सम्भवतः यही व्यक्तिले सताएका कारण किशोरीले आत्महत्या गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । पुलिसले यस विषयमा जाँच गरिरहेको छ ।







डिसी नेपाल








Facebook Comment