कोरोनाभाइरसबाट सुरक्षाको लागि वेश्यालयमा यस्ता नियम लागू, के गर्न पाइने के नपाइने ?

डिसी नेपाल
१४ जेठ २०७७ १५:०९

काठमाडौं। कोरोनाभाइरसको महामारीबाट बच्न सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था आएपछि विश्वकै सबैभन्दा पुरानो पेशा अर्थात यौन व्यापार चल्न सक्ला ? यो प्रश्न विश्वका कैयौं देशहरुमा उठिरहेको छ जहाँ यो पेशा कानुनी रुपले वैध छ । विभिन्न देशहरुमा लकडाउन खुकुलो पारिएसँगै अधिकारी यो कुरालाई लिएर चिन्तित छन् कि यौन व्यवसायको लागि नयाँ नियम के–के हुनेछन् ।

स्विटजरल्याण्डका यौनकर्मीले आफ्नो लागि आफ्नै केही नियम बनाएका छन् । यहाँका यौनकर्मीहरुले आफूहरुले बनाएका नियमले वेश्यालयमा कोरोना स.क्रमणको खतरा कम हुने बताएका छन् । यो धनी देशमा १९४२ देखि नै यौन व्यवसायले कानुनी मान्यता पाएको छ । यहाँको यौन व्यवसायलाई सरकारले अनुगमन गर्ने गर्छ ।

यौन व्यवसायसँग सम्बन्धित प्रोकोरे नामको संस्थाले प्रतिबन्ध हटाउनको लागि केही नियम जारी गरेको छ । यस क्रममा ग्राहकको अनुहारबाट निश्चित दूरी कायम राखिनेछ । स्विस मिडिया संस्थान वाटसनका अनुसार संस्थाले बनाएको नयाँ नियममा हरेक ग्राहक आएपछि कोठामा १५ मिनेट भेन्टिलेशन हुनुपर्नेछ । साथमा कोठाको सरसफाइको पनि विशेष ध्यान राखिनेछ ।

गहकहरुले आफ्नो मुख र नाक ढाकिराख्नुपर्नेछ । वेश्यालयमा सेनिटाइजर लगायतका सामग्री पनि उपलब्ध गराइनेछ । यौनकर्मीहरुसँग अपिल गरिएको छ कि उनीहरुले ग्राकका कपडा लगायतका चीजहरु कहिल्यै छुने छैनन् । यसका साथै ग्राहकको कन्ट्याक्ट डाटा पनि ४ हप्तासम्म रेकर्डमा राखिनेछ । स्विटजरल्याण्डमा आगामी जून ८ देखि लकडाउन खुकुलो पारिँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.