कांग्रेस संसदीय दलको बैठक जारी, बजेटका विषयमा छलफल केन्द्रित
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले बिहीबार संसदमा पेश गरेको बजेटमा विषयको समीक्षा गर्दैछ।
अहिले जारी संसदीय दलको बैठकमा पूर्वअर्थमन्त्री डा. रामशरण महत, राष्ट्रिय योजना अयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्लेले अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७७/०७८ को बार्षिक बजेटका विषयमा सांसदहरुलाई प्रशिक्षण दिइरहेका छन्।
‘सुरुमा तीन जनाले प्रतिक्षण दिएपछि सांसदहरुले आफ्नो धारणा राख्ने क्रम सुरु हुनेछ,’ एक सांसदले डिसी नेपालसँग भने, ‘अहिले उहाँहरुले बजेटका विषयमा प्रशिक्षण दिइरहनु भएको छ।’
बजेटमाथिको छलफल आइबारदेखि सुरु हुनेभएपछि कांग्रेसले विज्ञबाट बजेटका विषयमा आफ्ना सांसदलाई प्रशिक्षण गराएको हो। शनिबार केन्द्रीय समिति बैठक बोलाएका कारण शुक्रबार नै बजेटका विषयमा आफ्ना सांसदले कांग्रेसले प्रशिक्षण दिएको हो।







डिसी नेपाल








Facebook Comment