अवकाश प्राप्त उपरथी श्रेष्ठबाट ५८ लाख ९५ हजार असुल गर्ने सैनिक अदालतको फैसला
काठमाडौं । पूर्व सैनिक हवाई महानिर्देशक पाईलट उपरथी सुधिर श्रेष्ठलाई सैनिक कारबाही गर्ने फैसला गरेको छ । समरी जनरल सैनिक अदालतले शुक्रबार अवकाश पाएका श्रेष्ठसँग उनले कार्यरत रहँदा हिनामिना गरेको ५८ लाख ९५ हजार असुलउपरगर्दै नसिहत दिने फैसला गरेको हो ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार अदालतले महानिर्देशकका रुपमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन २०६३ बमोजिम उपरथी श्रेष्ठसहित आठ जना सैनिक अधिकृतहरुलाई सचेत र एकजना अधिकृत र नौ अन्य दर्जाका कर्मचारीलाई सफाई दिने फैसला गरेको छ ।
सैनिक अदालतले आठ सैनिक अधिकृतलाई आफूलाई प्राप्त जिम्मेवारिलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गर्दै सचेत गराउने जनाएको छ । सैनिक हवाई महानिर्देशनालयमा भएको आर्थिक अनियमितता अनुसन्धानका लागि रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोडले ४ चैत २०७६ मा कारबाही अघि बढाउने प्रतिवेदन दिएको थियो ।
बोर्डले उपरथी श्रेष्ठसहित १९ जना प्रतिबादिहरु उपर सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा पुर्पक्ष गर्न बुझाएको प्रतिवेदनपछि रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले सो फैसला गरेको हो ।







डिसी नेपाल








Facebook Comment