मनिषा कोइराला काठमाडौंमा क्वारेन्टाइनमा
काठमाडौं। अभिनेत्री मनिषा कोइराला काठमाडौंमा क्वारेन्टाइनमा बसेकी छिन् । भारतको मुम्बइबाट आएकी मनिषा परिवारसहित काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी हुन् । उनी बसेको होटलको थप विवरण खुलाइएको छैन । मनिषा परिवारसहित रुपन्देहीको बेलहिया नाका हुँदै काठमाडौं आएकी थिइन् ।
मनिषा र उनको परिवारलाई नेपाली सेनाले स्कर्टिङ गरेर नाकादेखि काठमाडौंसम्म ल्याएको थियो । मनिषा र उनका मातापिता होटलमा १४ दिने क्वारेन्टाइन अवधि पूरा गरेर घर जानेछन् । मुम्बईबाट गोरखपुर एयरपोर्टमा ओर्लिएलगत्तै बेलहिया नाकामा ज्वरो मापन गराएर उनी नेपाल प्रवेश गरेकी थिइन् । कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएपछि उनी आमा र बुबासहित मुम्बईस्थित घरमा क्वारेन्टाइनमा बसेकी थिइन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment