चर्चित दक्षिण भारतीय अभिनेता चिरञ्जीवीको अकस्मात निधन
काठमाडौं। चर्चित दक्षिण भारतीय अभिनेता चिरञ्जीवी सरजाको हृदयाघातका कारण निधन भएको छ । उनी केवल ३९ वर्षका थिए । चिरञ्जीवी कन्नड फिल्म उद्योगका चर्चित हिरो थिए । उनको बेंगलुरुको एक निजी अस्पतालमा निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनको निधन हृदयाघातका कारण भएको प्रारम्भिक रिपोर्ट भए पनि कोभिड १९ समेत परक्षिण गरिएको छ जसको रिपोर्ट आएको छैन । हिजो दिउँसो करिब १ बजेको समयमा उनले आफ्ना पितासँग फोनमा कुरा गर्दै गर्दा उनलाईपनिा आउन थालेको थियो । उनी अचानक ढलेपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो तर अस्पतालले उनलाई मृत घोषित गरिदियो । उनको अन्तिम संस्कार आज हुने भारतीय संचारमाध्यमले जनाएका छन् । बैंगलुरुको अपोलो अस्पतालअगाडि ोमबार बिहानैदेखि प्रशंशकको भिड लागेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment