१४ तला माथिबाट खसेर सुशान्त सिंह राजपुतकी पूर्व म्यानेजरको निधन

डिसी नेपाल
२८ जेठ २०७७ ९:१८

मुम्बइ। सुशान्त सिंह राजपुतकी पूर्व म्यानेजर दिशा सलियनको सोमबार राती निधन भएको छ । भवनको १४ औं तलाबाट खसेर उनको निधन भएको दैनिक भास्करले लेखेको छ । रिपोर्टका अनुसार उनी ब्वाइफ्रेण्ड रोहनसँग बस्थिन् । घटनापछि उनलाई तत्कालै बोरिवलीको अस्पताल लगिएको थियो जहाँ डाक्टरहरुले उनलाई मृत घोषित गरे ।

पुलिसले दिशाका अभिभावकको बयान रेकर्ड गरेको छ । उनका ब्वाइफ्रेण्डको बयान लिन भने बाँकी छ । मुम्बइ पुलिसले दिशाको मृत्युको कारणको खोजी गरिरहेको छ । घटनास्थलबाट कुनै सुसाइड नोट भने प्राप्त भएको छैन । पिपिंग मुनको रिपोर्टअनुसार घटनाअघि दिशाले ब्वाइफ्रेण्ड र अन्य साथीहरुसँग डिनर गरेकी थिइन् । त्यसपछि यो घटना भएको हो । दिशा सुशान्तसहित भारती सिंह, बरुण शर्माकी पनि म्यानेजर पनि थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.