लेदोसहितको पहिरो खस्दा गोठमा सुतिरहेका २ जनाको मृत्यु

डिसी नेपाल
२८ जेठ २०७७ १०:१३

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–६ रायखोरमा पहिरोमा पुरिएर गएराति दुई जनाको मृत्यु भएको छ। पाचास वर्षीया हमाया शेरपुञ्जा र चार वर्षीया सिम्रन छन्त्यालको पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माका अनुसार मङ्गलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठ लेदोसहितको पहिरोले पुरिएको थियो।

सुतिरहेको अवस्थामा वर्षापछि माथिबाट आएको पहिरोले पुरिएका हुन् । पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयवासीले हमाया र रोशनीलाई मृत फेला पारेका थिए।

पहिरोले पुरिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानोको गोठमा रहेको अन्नपात, भाँडावर्तनलगायत सबै नष्ट भएको छ। पशुचौपायको भने क्षति भएको छैन। थप उद्धार र अनुसन्धानका लागि आज बिहान प्रहरी निरीक्षक शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.