पत्रकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा रोक

डिसी नेपाल
२९ जेठ २०७७ ११:३१

काठमाडौं। पत्रकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा रोक लगाइएको छ । नेपाली सेनाको नेतृत्वमा रहेका सुरक्षाकर्मीले विमानस्थलको सिनामंगलस्थित मुख्य प्रवेश द्वारबाटै प्रवेशमा रोक लगाएका हुन् ।

आज कुवेतबाट ३ सय महिला कामदारलाई नेपाल ल्याइँदैछ । सोही विषयमा रिपोर्टिङ गर्न गएका पत्रकारहरुलाई सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएका हुन् । विमानस्थलमा खटिएका सुरक्षाकर्मीले माथिको आदेश भनेर पत्रकारलाई रोकेपछि यस विषयमा नेपाली सेनाको उच्च तहमा बुझ्दा सामाजिक दूरी कायम नहुने र भिडभाडले व्यवस्थापनमा समस्या हुने भएकोले रोक लगाइएको जानकारी प्राप्त भएको छ । अहिले विदेशबाट उद्धार गरी ल्याइने नेपालीलाई ल्याउने र व्यवस्थापन गर्ने कामको नेतृत्व नेपाली सेनाले गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.