कोरोना संक्रमण भेटिएपछि मलाइका अरोराको घर सिल !

डिसी नेपाल
२९ जेठ २०७७ १४:१०
4
Shares

मुम्बइ। बलिउड अभिनेत्री मलाइका अरोरा बस्ने घर सिल गरिएको छ । मलाइका अरोरा बस्ने मुम्बइको अपार्टमेन्ट बिल्डिङमा एक व्यक्ति कोरोना पोजेटिभ पाइएपछि पूरै अपार्टमेन्ट बिल्डिङ सिल गरिएको हो । बुधबार अबेर राती मलाइका बस्ने मुम्बइको खारस्थित बिल्डिङ बीएमसीले सील गरेको हो ।

बीएमसीले बिल्डिङमा कोरोना संक्रमित रहेको सूचना पाएको थियो जसको पुष्टि गरेपछि बुधबार अबेर राती बिल्डिङ सिल गरिएको हो । अहिले मलाइका पति अरबाज खानसँग सम्बन्धविच्छेदपछि खारस्थित अपार्टमेन्टमा बदै आएकी छिन् । उनको अर्जुन कपुरसँग सम्बन्धबारे समाचार आइरहन्छन् । यद्यपि अहिले उनी अर्जुनसँगै छिन् वा एक्लै भन्ने खुलासा भइसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.