वर्षा शिवाकोटीले भनिन् – ‘मलाई पनि डिप्रेसनमा पुर्याइयो’
काठमाडौं। नायिका वर्षा शिवाकोटीले आफू पनि फिल्म उद्योगमा हुने विभिन्न नकारात्मक कुराहरुबाट पीडित भएको बताएकी छिन् । फेसबुकमा एक स्टाटस पोस्ट गर्दै वर्षाले नेपोटिज्म (भाइभतिजावाद) फिल्म उद्योगमा मात्र नभइ जताततै भए पनि बोल्ने आँट कमैले मात्र गर्ने बताएकी छिन् । पछि करिअरमा असर परेर कामको अभाव हुने कारण मानिसहरु यसबारे बोल्न डराउने उनले बताएकी छिन् ।
हालै बलिउड अभिनेता सुशान्त सिंह राजपुतले नेपोटिज्मकै कारण डिप्रेसनमा गएर आत्महत्या गरेको दावी गर्दै विभिन्न सेलिब्रेटीले अभिव्यक्ति दिएपछि वर्षाले पनि यसबारे बोलेकी हुन् । वर्षाले आफूलाई कुन विकृतिले पीडित बनायो भन्ने स्पष्ट रुपमा केही खुलाएकी छैनन् । तर, उनको कुराले सम्भवतः उनी तुलनाको शिकार भएको अनुमान गर्न सकिन्छ ।
उनले लेखेकी छिन् ‘यहाँ नामका कारण पाइलैपिच्छे तुलना हुन्छ ।’ उनको यो भनाइले सम्भवतः उनलाई अर्की अभिनेत्री वर्षा राउतसँग तुलना गरेर मानसिक तनाव दिइएको हुन सक्ने संकेत मिल्छ । केही समयअघि मात्र वर्षा राउत एक अभिव्यक्तिका कारण विवादमा पर्दा वर्षा शिवाकोटीको सामाजिक संजालमा निकै नकारात्मक कमेन्ट आएका थिए ।
वर्षाले यस्ता कुराहरुले आफू मानसिक रुपमा निकै पीडित भएको र डिप्रेसनमै गएको लेखेकी छिन् । उनले सामाजिक संजालका फलोअरको आधारमा क्षमताको मूल्यांकन गरिने भन्दै असन्तुष्टि पनि जनाएकी छिन् । अन्तिममा उनले लेखेकी छिन् ‘तपाईं कुनै काम गर्नु हुन्छ भने पूर्ण मिहिनेत, बिश्वास र समर्पणका साथ गर्नुस की, जहाँ कुनै बादले छुन पनि नसकोस । तपाईं प्रतिभा सम्पन्न, लगनशील र आत्मबिश्वासी हुनुहुन्छ भने एकदिन अवश्य तपाईको मिहीनेतले कदर पाउने छ । हत्केलाले सूर्यलाई छेकेर छेकीन्छ र रु







डिसी नेपाल








Facebook Comment