सोलुखुम्बुको खुम्ब पासाङल्हामु गाउँपालिका अध्यक्षको निधन

डिसी नेपाल
२ असार २०७७ ११:४७

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ । ३९ वर्षीय गाउँपालिका अध्यक्ष शेर्पाको आज (मंगलबार) बिहान निधन भएको गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पाले डिसी नेपाललाई बताईन्।

उपाध्यक्ष शेर्पाका अनुसार अध्यक्ष ङिम दोर्जी आन्द्राको क्यान्सरबाट पीडित थिए। उनको एक महिनादेखि काठमाडौँको ह्याम्स र निदान अस्पतालमा उपचार भइरहेको थियो । तर स्वास्थ्यमा केही सुधार नआएपछि शेपालाई गाउँ नै फकाईएको थियो ।

अध्यक्ष शेर्पाले एक महिना अघि नै उपाध्यक्ष टसील्हामु शेर्पालाई आफ्नो जिम्मेवारी सुम्पिएका थिए ।

यस्तै, आइतबार नवलपरासी (सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.