नपोली कोपा इटालिया च्याम्पियन

डिसी नेपाल
४ असार २०७७ ८:४४
4
Shares

काठमाडौं । युभेन्ट्सलाई हराउँदै नपोलीले कोपा इटालिया फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार राति सम्पन्न खेलमा नपोलीले युभेन्टसलाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउदै उपाधि कब्जा गर्न सफल भएको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सम्पन्न भएपछि निर्णयका लागि खेल पेनाल्टी शुटआउटमा गएको थियो । पेनाल्टीमा नपोलीका गोलरक्षक एलेक्स मरेटले पाउलो डिबालाको प्रहार बचाउन सफल भए । युभेन्टसका लागि डयानीलोले गरेको दोस्रो प्रहार पनि गोलपोष्ट छिर्न पाएन । लिओनार्डो बोनुची र आरोन राम्सेले क्रमश गरेको तेस्रो र चौथो प्रहार गोलमा परिणत भएपनि युभेन्टसलाई खेल आफ्नो पक्षमा पार्न निकै अबेर भइसकेको थियो ।

नपोलीका लागि कप्तान लोरेन्जो इन्सिग्ने, म्याटियो पोलीटानो, म्याक्सीमोभिच र अर्कादिउजले गरेको प्रहार गोलमा परिणत भयो । नपोलीले छ वर्षपछि उपाधि हात पार्न सफल भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.