नेपालका ४ प्रशिक्षकहरु एएफसी ‘ए’ लाइसेन्स प्राप्त
काठमाडौं । नेपालका ४ प्रशिक्षकले एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेको एन्फाले जनाएको छ । लाईसेन्स प्राप्त गर्नेमा अनन्त राज थापा, चेतन घिमिरे, सल्यान खड्की र युगल किशोर राई रहेका छन । त्यस्तै चुन बहादुर थापा र बसन्त गौचनले एएफसी ‘ए’ लाइसेन्स प्रो प्राप्त गरेका छन् ।
एएफसी ‘ए’ लाइसेन्स प्राप्त लाईसेन्स प्राप्त गर्नेमा चुन बहादुर थापा नेपाल पुलिस क्लबका प्रशिक्षक, सल्यान खड्की संकटाका पूर्व प्रशिक्षक र युगल किशोर राई बाँसबारी क्लबका प्रशिक्षक रहेका छन । एएफसी ‘ए’ लाइसेन्स प्रो प्राप्त गरेका चुन बहादुर थापा आर्मीका तथा बसन्त गौचन जापानमा रहेका छन ।
एएफसीले गत २०१९ डिसेम्वर १ देखि ८ मार्च २०२० सम्म काठमाडौंमा कोचिङ कोर्सको आयोजना गरेको थियो । कोचिङ कोर्समा नेपालभरका २३ भन्दा बढीले सहभागिता जनाएका थिए ।







डिसी नेपाल








Facebook Comment