झडपमा मारिने सैनिक बिहार रेजिमेन्टका तर बिहारकै ठूलो दललाई बैठकमा बोलाइएन
नयाँ दिल्ली। भारत–चीन सैन्य झडपका विषयमा छलफलको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बेलुकी ५ बजे सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा २० प्रमुख पार्टीहरुले भाग लिने बताइएको छ । कांग्रेसको तर्फबाट सोनिया गान्धी र टिएमसीको तर्फबाट ममता बनर्जी बैठकमा सहभागी हुने अपेक्षा गरिएको छ । तर, प्रधानमन्त्रीले राष्ट्रिय जनता दल र आम आदमी पार्टीलाई बैठकमा नबोलाएको ती दलले दावी गरेका छन् ।
Rashtriya Janata Dal is the largest party in Bihar & it has 5 MPs in the Parliament but we have not been invited to today’s all-party meeting on #IndiaChinaFaceOff. We want Rajnath Singh ji to clarify as to why RJD hasn’t been invited: Bihar Leader of Opposition Tejashwi Yadav pic.twitter.com/1HN8rby3T3
— ANI (@ANI) June 19, 2020
राष्ट्रिय जनता दल बिहारको सबैभन्दा ठूलो पार्टी हो र उसका केन्द्रीय संसदमा पनि ५ जना निर्वाचित प्रतिनिधि छन् । सबैभन्दा महत्वपूर्ण कुरा, चीनका सैनिकसँगको झडपमा मारिने र घाइते हुने सैनिक बिहार रेजिमेन्टका हुन् । तर, बिहारको सबैभन्दा ठूलो दललाई नै बैठकमा बोलाइएको छैन । नबोलाइएको अर्को पार्टी आम आदमी पार्टी दिल्लीको सबैभन्दा ठूलो पार्टी हो । उसको दिल्लीमा दुई तिहाइभन्दा बढी बहुमत छ ।
केन्द्र में एक अजीब अहंकार ग्रस्त सरकार चल रही है आम आदमी पार्टी की दिल्ली में सरकार है पंजाब में मुख्य विपक्षी पार्टी है 4 सांसद हैं देश भर में संगठन लेकिन किसी महत्वपूर्ण विषय पर भाजपा को AAP की राय नही चाहिये कल की बैठक में प्रधानमंत्री जी क्या बोलेंगे पूरे देश को इंतज़ार है?
— Sanjay Singh AAP (@SanjayAzadSln) June 18, 2020







डिसी नेपाल








Facebook Comment