भारत-चीन विवादः सर्वदलीय बैठकमा सोनीया गान्धीले गुप्तचर फेल भएको हो? भनेपछि…

डिसी नेपाल
५ असार २०७७ २१:१०

नयाँ दिल्ली (एजेन्सी)। सीमा क्षेत्रमा आफ्ना २० जना सैनिक मारिएको पाँच दिनपछि भारतमा सर्वदलीय बैठक भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोलाएको सर्वदलीय बैठकमा त्यहाँको प्रमुख विपक्षी पार्टी काँग्रेसआईलगायत विभिन्नदलहरुले सहभागिता जनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भिडियो कन्फ्रेन्सका माध्यमबाट भएको बैठकमा काँग्रेस आईकी अध्यक्ष सोनीया गान्धीले सरकरमाथि चीन-भारत भिडन्तको यथार्त विवरण नदिएको आरोप लगाएकी छन्। उनले बैठकमा पछिल्लो विवादबारे धेरै कुरा अझै सार्वजनिक नभएको भन्दै सीमा क्षेत्रमा चीनको गतिविधिबारे खुपिया एजेन्सीले केही सूचना जुटाउन नसकेको हो भनी प्रश्न गरेकी छन्।

भारतीय सञ्चार माध्यमका अनुसार उनले खुपिया एजेन्सी असफल भएको सरकारले स्वीकारेको भनेर समेत प्रश्न गरेकी छन्। साथै उनले सर्वदलीय बैठक बोलाउन ढिलो भएकोसमेत बताएकी छन्। उनले वर्तमान परिस्थितिमा सबै विपक्षी दल सेनाको साथमा रहेको बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.