लागु औषधसहित ५ जना पक्राउ

डिसी नेपाल
७ असार २०७७ १७:५०

काठमाडौं । प्रहरीले लागु औषधसहित ५ जना पक्राउ गरेको छ। लागु औषध ओसार–पसार विरुद्ध चलाएको अप्रेसनको क्रममा चितवन प्रहरीले भरतपुरबाट पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा असार ५ गते राति ११ः३० बजे भरतपुर महानगरपालिका वडानं २ बिक्रम मार्ग सडकबाट ना ४ प ४४३९ नम्बरको बोलेरोबाट लागु औषध बरामद गरेको चितवन प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ४ निवासी २९ वर्षका अनुज भनिने भुदत्त परियार, वडा नं. ३ नगरवन बस्ने २२ वर्षका अविनाष बोटे, वडा नम्बर २९ बस्ने २६ वर्षका आशिष थापा, २२ वर्षका कञ्चन उपरकोटी र जिल्ला नवलपरासी गैडाकोट नगरपालिका वडा नम्बर १६ बेल्डिया बस्ने वर्ष १९ की बविता महत्तो रहेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट PHENERGAN-2ml २५५ थान, NOOPHIN-2ml २५५ थान, र DIZEPAM-2ml २५५ थान  लागु औषध प्रहरीले बरामद गरेको छ।

उनीहरु सबैलाई चितवन प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.