मोटरसाइकल कुलोको कल्भर्टबाट खस्दा चालकको मृत्यु

डिसी नेपाल
८ असार २०७७ ११:५४
चितवन । कालिका नगरपालिका–६, स्थित भित्री सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका–४ का २७ वर्षीय राम महतो रहेका छन्।
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १ बजे कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको पल्सर मोटरसाइकल खेतमा पानी लैजाने कुलोको कल्भर्टबाट खसेको थियो।
 
दुर्घटनामा गम्भीर घाइते उनलाई तत्काल भरतपुर अस्पताल ल्याइएको थियो। उपचारको क्रममा बिहान २ः२५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.