राहुल गान्धीले नरेन्द्र मोदीलाई ‘सरेन्डर मोदी’ भनेपछि…

डिसी नेपाल
८ असार २०७७ १२:५५

नयाँ दिल्ली। भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आत्मसमर्पणवादी भएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका सामु आत्मसमर्पण गरेको भन्दै प्रधानमन्त्रीलाई ‘सरेन्डर मोदी’ भनेका छन् । राहुलले ट्वीट गर्दै लेखेका छन् ‘नरेन्द्र मोदी वास्तवमा सरेन्डर मोदी हुन् ।’

मोदीले शुक्रवार सर्वदलीय बैठकमा कोही पनि भारतीय भूभागमा नरहेको र कसैले पनि पोस्ट कब्जा नगरेको बताएका थिए । त्यही भनाइमाथि व्यंग्य कस्दै राहुलले ट्वीट गर्दै सोधे, ‘प्रधानमन्त्रीले चिनियाँ आक्रामकतासामु भारतीय भूभाग आत्मसमर्पण गरे । त्यो चिनियाँ भूमि नै थियो भने हाम्रा सैनिकहरू किन मारिए ? तिनीहरू कहाँ मारिए ?’

भारतको प्रधानमन्त्री कार्यालयले चाहिँ सर्वदलीय बैठकमा मोदीले गरेको टिप्पणीको गलत अर्थ निकाल्ने प्रयास गरिएको जनायो । प्रधानमन्त्रीको टिप्पणी वास्तविक नियन्त्रण रेखाको परिस्थितिप्रति लक्षित रहेको जहाँ भारतको सुरक्षाबलको बहादुरीका कारण चिनियाँ सैनिकहरू गलवान उपत्यकामा प्रवेश गर्न नसकेको भनी प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण दियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.