आफ्नै सैन्य युनिटमा एम्बुस पड्काउने तयारी गर्दै थिए अमेरिकाका सैनिक

डिसी नेपाल
९ असार २०७७ १२:०३

वाशिङटन। आफ्नै सैन्य युनिटमाथि आतंकवादी आक्रमणको योजना बनाएको अभियोगमा अमेरिकी सेनाका एक सैनिक पक्राउ परेका छन् । ती सैनिकले आफ्नो युनिटमा एम्बुस आक्रमणका लागि जानकारीहरु नियो–नाजी समूहलाई प्रदान गरेको अभियोग लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

आफ्नो युनिटका संवेदनशील जानकारीहरु नियो–नाजी समूह अडर अफ द नाइन एन्जल्सलाई पठाएको अभियोग २२ वर्षका सैनिक इथन मेल्जरमाथि लागेको हो । अमेरिकाको न्याय विभागले अर्डर अफ द नाइन एन्जल्सलाई जादू या अदृश्य शक्तिमा आधारित नियो–नाजी र रंगभेदबाट प्रेरित चरमपन्थी समूह मान्ने गरेको छ ।

मेल्जरले गोप्य जानकारीहरु चरमपन्थी समूहलाई प्रदान गर्ने र सो समूहले सैन्य युनिटमा आक्रमण गर्ने योजना बनाएको आरोप छ । मेल्जरको योजना गएको मे महिनाको अन्त्यमा संघीय अनुसन्धान ब्यूरो (एफबिआई) र अमेरिकी आर्मीले विफल पारेको थियो । मेल्जर जुन १० मा पक्राउ परेका थिए । मेल्जर सन् २०१८ को डिसेम्बरमा अमेरिकी सैनिकमा प्रवेश गरेका थिए । उनले सन् २०१९ को जुनदेखि पूर्ण क्षमतामा काम गर्न थालेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.