पतञ्जलीको कोरोनाविरुद्धको औषधि बजारमा, परीक्षणमा ७ दिनमा शतप्रतिशत बिरामी निको

डिसी नेपाल
९ असार २०७७ १४:४७
24
Shares

काठमाडौं। पतञ्जली आयुर्वेदले कोरोनाभाइरसविरुद्धको औषधि ‘कोरोनिल’ बजारमा ल्याएको छ । योगगुरु बाबा रामदेवले यो आयुर्वेदिक औषधिबाट कोरोनाको सफल उपचार हुने दावीसहित आज यो औषधि लञ्च गरेका हुन् । बाबा रामदेवका अनुसार कोरोनिलमा गिलोय, तुलसी र अश्वगंधा मिसाएर तयार गरिएको हो । यी जडिबुटीहरुले इम्युनिटी बढाउँछन् । यो औषधि पतञ्जली रिसर्च इन्स्टिच्युट र नेशनल इन्स्टिच्युट फर मेडिकल साइन्सले मिलेर तयार गरेका हुन् ।

बाबा रामदेवका अनुसार कोरोनिलको क्लिनिकल केस स्टडीमा २८० बिरामीलाई सहभागी गराइएको थियो । त्यसपछि १०० बिरामीमा क्लिनिकल कन्ट्रोल ट्रायल गरियो । ३ दिनभित्र ६९ प्रतिशत बिरामी पोजेटिभबाट नेगेटिभ भए र ७ दिनभित्र शतप्रतिशत बिरामी ठिक भए । यसको मृत्युदर शून्य प्रतिशत रह्यो । बाबा रामदेवले कोरोनिल औषधिसहितको पूरै किट लञ्च गरेका छन् । किटमा कोरोनिल औषधिसहित श्वासरी वटी र अणु तेल पनि छन् । बाबा रामदेवका अनुसार यी तीनै चीजको साथमा उपयोग गर्दा कोरोना निको हुन्छ । यो किट भारु ६ सय रुपैयाँमा पाइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.