भारत-चीन सैन्य शक्ति सन्तुलन : को छ बलियो?

डिसी नेपाल
९ असार २०७७ १८:४५
4
Shares

काठमाडौं। दुई ठूला छिमेकी मुलुक भारत र चीनबीच अहिले तनावको अवस्थामा छ। यही जुन १५ गते गलवान उपत्याकामा भारतीय र चिनियाँ सेनाबीच भएको झडपमा २० जना भारतीय सैनिक मारिएपछि भारतीयहरु चीनप्रति क्रुद्ध बनेका छन्।

सीमा क्षेत्रमा दुवैतर्फ सेनाले गोली बारुदको प्रयोग गर्ने सम्झौता भए पनि भारतले हाल सीमा क्षेत्रमा आफ्ना सेनालाई खुला छुट दिएको छ। सीमा क्षेत्रमा दुबै मुलुकले सैन्य गतिविधि बढाएका छन्। सीमा क्षेत्रमा लडाकु विमानले दुबैतर्फ गस्ति गरिरहेको भारतीय र चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्।

भारत र चीनबीच यसअघि १९६२ मा युद्ध भइसकेको छ, जसमा भारतले हार भोग्नु परेको थियो। यतिबेला भारतीयहरु भने आफ्नो सामरिक क्षमता बढेको भन्दै चीनलाई जवाफ दिनुपर्ने भारतीय सञ्चार माध्यमहरुमा विचार राखिरहेका छन्। भारतीयहरुको यस्तो विचारको जवाफ चिनियाँ सञ्चार माध्यमहरुले पनि दिइरहेका छन्। यति बेला सीमा क्षेत्रमा दुई मुलुकका सेनाबीच गोलीबारी नभए पनि दुई मुलुकका सञ्चार माध्यमहरुबीच भने समाचार युद्ध चलिरहेको छ।

यदि युद्ध नै भयो भने कसले बाजी मार्ला त्यो अनुमान गर्न छिटो हुने भए पनि दुई देशको सैन्य शक्ति सन्तुलनको तुलनाले भने केही तस्वीर देखाउँछ।

विभिन्न देशको सैन्य क्षमताबारे विश्लेषण गर्ने ग्लोवल फायर पावरका अनुसार भारत विश्वको पाँचौं शक्तिशाली मुलुक हो भने चीन तेस्रो शक्तिशाली मुलुक हो।

उसका अनुसार भारतमा कुल सेनाको संख्या चीनको भन्दा धेरै भए पनि सक्रिय सेना भने चीनको धेरै छ।

ग्लोवल फायर पावरका अनुसार भारमा ३५ लाख४४ हजार सेनाको संख्या छ। त्यो मध्ये सक्रिय सेना १४ लाख ४४ र रिजर्भ सेना २१ लाख छ।

यस्तै चीनमा जम्मा सेनाको संख्या २६ लाख ९३ हजारसछ। त्यो मध्ये सक्रिय सेनाको संख्या २१ लाख ८३ हजार छ। त्यस्तै रिजर्भ सेना ५ लाख १० हजार छ। यहाँ सक्रिय सेनामा चीन अगाडि देखिए पनि जम्मा सेनाको संख्यामा भारत अगाडि छ। भारत अगााडि रहेको योमात्र एक विषय हो।

भारतको सैन्य खर्चभन्दा चीनको सैन्य खर्च निकै धेरै छ। चीनको सैन्य खर्च गत वर्ष २५० बिलियन अमेरिकी डलर थियो भने भारतको सैन्य खर्च १५० बिलियन डलर।
यस्तै चीनसँग १२३२ लडाकु विमान छन् भने भारतसँग ५३८ वटा छन्।

यस्तै चीनसँग न्यूक्लियर हेड ३२० छन् भने भारतसँग १५० छन्। यस्तै चीनसँग रकेट प्रोजेक्टर २६५० छन् भने भारतसँगमात्र २६६ वटा छन्। दुबै मुलुकसँग थल सेना, वायु सेना र नौसेना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.