अचानक किन पछि हटे किम जोंग उन ?

डिसी नेपाल
१० असार २०७७ ११:०४

सियोल। दक्षिण कोरियाविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेको उत्तर कोरिया एक्कासी पछि हटेको छ । अहिले उसको व्यवहार दक्षिण कोरियाप्रति नरम भएको छ । उत्तर कोरियाले आफ्नो आक्रामक स्थितिमा परिवर्तन गर्दै दक्षिण कोरियाविरुद्ध सैन्य कारवाहीलाई निलम्बित गर्ने घोषणा गरेको छ ।

अमेरिकी दबाबका कारण उत्तर कोरियाको अडानमा परिवर्तन आएको बताइएको छ । लामो समयदेखि उत्तर र दक्षिण कोरियाबीच चलिरहेको तनाव पछिल्लो समय एक्कासी बढेको थियो । केही दिनअघि उत्तर कोरियाले दक्षिण कोरियामाथि सैन्य कारवाहीको धम्की दिएको थियो । बुधबार उत्तर कोरियाको अडानमा एक्कासी परिवर्तन आयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.