गलत आचरण गरेको आरोपमा दुई प्रहरी नियन्त्रणमा

डिसी नेपाल
१० असार २०७७ १७:५७
312
Shares

काठमाडौं । महानगरीय अपराध महाशाखाले दुई प्रहरीलाई नियन्त्रणमा लिएको छ । प्रहरी ऐन र नियमावली विपरित कार्य गरेको आरापमा दुई प्रहरीलाई नियन्त्रणम लिइ अनुसन्धान शुरु गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाले हुण्डी कारोबारीसँग पैसा असुलेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हवल्दार धिरेन विष्ट र दुई नम्बर गणमा कार्यरत सिपाही विक्रम चन्दलाई नियन्त्रणमा लिएको हो ।

‘प्रहरी कर्मचारीहरुमा कमजोरी देखियो भने उनीहरुलाई सोधपुछ गरिने सामान्य प्रकृया हो’, महाशाखा प्रमुख एसएसपी दिपक थापाले भने ‘केही प्रहरी कर्मचारीलाई सोधपुछ भैराखेको छ उनीहरुलाई नियन्त्रणमै लिएको भने होइन।’

केही समयअघि महागनरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेलले काठमाडौंका दर्जनौ घुमुवा प्रहरीहरुलाई हटाएर हटाएका थिए विष्ट र चन्द पहिले पनि परिसरमै घुमुवाको रुपमा कार्यरत थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.