प्रो-ट्रम्प प्रयोगकर्तालाई ट्वीटरले प्रतिबन्ध लगायो

डिसी नेपाल
११ असार २०७७ ९:०८

वाशिङटन। ट्वीटरले एक मेमे निर्मातालाई प्रतिबन्ध लगाएको छ । उनका मेमेहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशंशा र रिपोस्ट गर्दै आएका थिए । यी कन्जरभेटिभ सामाजिक संजाल प्रयोगकर्तालाई ट्वीटरले लगातार कपिराइट उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाएको हो ।

कार्पे डोंकटुम नामबाट ट्वीटरमा पोस्ट गर्ने कान्सासका लोगान कुकलाई मंगलबार ट्वीटरले सदाका लागि प्रतिबन्ध लगाएको समाचार एजेन्सी एपीले जनाएको छ । उनले पछिल्लो समय सीएनएनको आलोचना गर्दै भिडियो पोस्ट गरेका थिए । यो भिडियो गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिट्वीट गरेका थिए ।

यो भिडियोमा उनले सीएनएनको एक रिपोर्टको भिडियो फुटेज प्रयोग गरेका थिए जुन रिपोर्ट दुई बच्चाहरुको मित्रताको बारेमा थियो र गतवर्ष प्रकाशित भएको थियो । यी दुई बच्चाहरु एउटा गोरा र अर्का काला थिए । कूकले यो भिडियो बिगारेर यसमा अर्कै म्युजिक राखेका थिए त्यसपछि सीएनएनको क्याप्सन बिगारेर ‘डराएका बच्चा जातीवादी बच्चाबाट भाग्दै’ भनेर क्याप्सन राखेका थिए । त्यसपछि उनले सीएनएनको ओरिजिनल भिडियो भन्दा अगाडि अमेरिका समस्या होइन फेक न्यूज समस्या हो भन्ने अर्को क्याप्सन रोखका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.