३६ औँ आसियान सम्मेलनद्वारा कोभिड–१९ विरूद्धको लडाईं र महामारीपछिको सुधारमा जोड
Vietnamese Prime Minister Nguyen Xuan Phuc addresses The 36th Association of Southeast Asian Nations (ASEAN) summit video conference, attended by other ASEAN leaders in Hanoi, Vietnam, 26 June 2020. Luong Thai Linh/Pool via REUTERS
हनोइ । दक्षिणपूर्वी एशियाली मुलुकहरूको संगठन (आसियान) को ३६औँ सम्मेलन शुक्रबार आरम्भ भएको छ ।
भियतनामको अध्यक्षतामा हुँदै गरेको यस सम्मेलनमा सदस्य राष्ट्रहरूबीचको थप सहकार्य, कोभिड–१९ विरूद्धको लडाईं र महामारीपछिको सुधार योजनाबारे छलफल गरिने बताइएको छ ।
भिडियो सम्मेलनलाई सम्बोधन गर्दै भियतनामी प्रधानमन्त्री ङ्युएन सुआन फुकले सम्मेलन ‘महामारीका कारण सिर्जित कठिनाईलाई व्यवस्थापन गर्न आसियन सदस्य राष्ट्रहरूबीच ‘फेरि एक पटक बलियो ऐक्यवद्धता, राजनीतिक इच्छाशक्ति तथा दृढता’ सहित अघि बढ्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री फुकले आसियन राष्ट्रहरूबीच अनुभव तथा सूचना आदानप्रदान हुँदै आएको चर्चा गर्दै वदलिँदो समयमा समूह राष्ट्रबीच लागि प्रभावकारीरूपमा सहकार्य गर्दै महामारी नियन्त्रणलगायत समग्र क्षेत्रको आर्थिक विकासका लागि थप सक्रिय बन्नुपर्ने बताए। समूह राष्ट्रहरूबीच सहकार्य तथा एकीकरण लक्ष्य सम्पन्न गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने उनको धारणा रहेको छ ।
आसियन मुलुकहरूले आपसी लाभका लागि सधैँ साझेदारी गरिरहेको स्मरण गर्दै भने, “हामी आर्थिक उदारीकरण र समाकलनका लागि बृहत आर्थिक क्षेत्रीय साझेदारीलाई टुङ्गोमा पु¥याउन प्रयासमा प्रतिवद्ध रहनेछौँ ।”
‘संशक्तिशील तथा उत्तरदायी आसियन’ नारा दिइएको सम्मेलनले कोभिड–१९ प्रतिरोधका औषधिजन्य सामग्रीको आपूर्ति तथा भण्डारणका लागि कोषको व्यवस्था गर्ने तथा महामारीपछिका योजना तयारीबारे बृहत बहस गर्ने बताइएको छ ।
आसियन नेताहरूले ‘आसियन कम्युनिटी भिजन–२०२५’ अन्तर्गत ब्लुप्रिन्टहरूको कार्यान्वयनको मध्यावधी समीक्षा गर्दै आसियान बडापत्रको कार्यान्वयन मूल्याङ्कन गरी आसियान कार्यक्रमको क्षमतामा सुधार ल्याउने बताएका छन् ।
सन् १९६७ मा स्थापना भएको क्षेत्रीय संगठनमा ब्रुनेई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम सदस्य रहेका छन् ।
भियतनामको दा नाङमा अप्रिलमा सम्पन्न गर्नेगरी तय भएको ३६ औँ सम्मेलन कोभिड–१९ का कारण स्थगित भएको थियो ।







डिसी नेपाल








Facebook Comment