अमेरिकाले चिनियाँ नेतालाई भिसा प्रतिबन्ध लगाएपछि चीनले यसरी दियो जवाफ

डिसी नेपाल
१३ असार २०७७ १२:५०
8
Shares

काठमाडौं। अमेरिकाले शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का अधिकारीहरुलाई भिसा प्रतिबन्ध लगाउने घोषणा गर्यो । अमेरिकाले उनीहरुमाथि हङकङमा मानवअधिकार र स्वतन्त्रताका आधारभूत अधिकारहरु हनन गरेको आरोप लगाएको छ । शनिबार चीनले अमेरिकाको निर्णयप्रति कडा विरोध जनाएको छ । चीनले राष्ट्रिय सुरक्षा कायम राख्नको लागि आफूले बलियो कदम चालिरहने जनाएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चिनियाँ अधिकारहिरुमाथि भिसा प्रतिबन्धको घोषणा गर्दै आफूले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशको पालना गरेको बताएका थिए । उनले मानवअधिकार हननको दायरामा पर्ने अधिकारीका परिवार पनि प्रतिबन्धको दायराभित्र पर्न सक्ने बताएका थिए । पोम्पियोले चीनलाई ब्रिटिश–चीन संयुक्त घोषणामा आफूले गरेको प्रतिबद्धताको पालना गर्न पनि आग्रह गरेका थिए ।

अमेरिकाको घोषणापछि चीनले कडा प्रतिक्रिया दिएको छ । चीनले आफ्नो राष्ट्रिय सुरक्षा कायम राख्नको लागि आफूले थप कडा कदम पनि चाल्न सक्ने भन्दै आफू पछि नहट्ने प्रस्ट पारेको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले लेखेअनुसार चीनले हङकङ आफ्नो आन्तरिक विषय भएकोले बाहिरी हस्तक्षेप स्वीकार नगर्ने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *