७ जनाले मिलेर सेनिटाइजर पिए, ३ जनाको मृत्यु, ३ गम्भीर, १ जनाले आँखाको ज्योति गुमाए
काठमाडौं। ह्याण्ड सेनिटाइजर पिउँदा ३ जनाको मृत्यु भएको छ, १ जनाले आँखाको ज्योति गुमाएका छन् र अन्य ३ जना गम्भीर बिरामी छन् । मेक्सिकोमा भएको यो घटनाबारे न्यू मेक्सिकोका स्वास्थ्य अधिकारीले जानकारी दिएका हुन् । सीएनएनका अनुसार यी ७ जनाले पिएको सेनिटाइजरमा मेथानोल नामको रसायन मिसिएको आशंका गरिएको छ ।
मेक्सिकोकी स्वाथ्य मन्त्री केथी कुँकेलले मेथानोल भएको सेनिटाइजर पिएका शंका लागेकालाई स्वास्थ्यर्कीको सहयोग लिन भनेकी छिन् । यहाँ केही व्यक्तिहरुले मदिराको विकल्पको रुपमा सेनिटाइजर पिएको विश्वास गरिएको छ । केथीका अनुसार मेथानोल पिउनेलाई बचाउनको लागि औषधि छ तर उनीहरु जति छिटो अस्पताल पुग्छन् ठिक हुने सम्भावना उत्तिकै बढी हुन्छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment