गलवानमा थप २ भारतीय सैनिकको मृत्यु, यसअघि २० सैनिक मारिएका थिए

डिसी नेपाल
१४ असार २०७७ १२:४१
4
Shares

काठमाडौं। भारत–चीन सीमा क्षेत्र पूर्वी लद्दाखको गलवान उपत्यकामा थप २ जना भारतीय सैनिकको मृत्यु भएको छ । यसअघि जून १५ राती चिनियाँ र भारतीय सैनिकबीच भएको भिडन्तमा २० जना भारतीय सैनिक मारिएका थिए । अहिले ज्यान गुमाउने २ जना सैनिक श्योक नदीमा डुबेर मरेका हुन् । उनीहरु नदीमा पुन निर्माणमा खटिएको इण्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ ।

समाचारअनुसार ३७ वर्षका नायक सचिन मोरे र २३ वर्षका लान्स नायक सलिम खानको डुबेर मृत्यु भएको हो । नायक सचिन महाराष्ट्रको मालेगाउँका र लान्स नायक सलीम खान पंजाबको पटियालाका भएको बताइएको छ । केही दिन पहिले मात्र यही क्षेत्रमा २० जना भारतीय सैनिक मारिएका थिए । चीनसँगको झडपसँगै यस क्षेत्रमा दुवै देशले सैनिक र हतियारको तैनाथी बढाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *