हावाको दिशा परिवर्तन हुँदा नेपाल आउनै लागेको सलहको झुण्ड भारतमा तितरवितर
काठमाडौं। विगत केही दिनदेखि नेपालमा विनाशक किरा सलहले बालीनालीमा क्षति गरिरहेको छ। देशका विभिन्न ५२ जिल्लाम देखिएको सलह शुक्रबार दुई जिल्लामामात्र सक्रिय रहेको कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्यानेजम्यान्ट सेन्टरले जनाएको छ। सेन्टरका अनुसार शुक्रबार रोल्पा र प्यूठानमा मात्र सलह सक्रिय रहेको छ।
यसैबीच भारतबाट थप सलह नेपाल आउने सम्भावना तत्कालका लागि टरेको छ। बिहीबार नेपालबाट करिब ५ सय किलोमिटरको दूरी भारतको इटहवामा रहेको सलह हावाको दिशामा परिवर्तन आएपछि सो सलह उत्तरप्रदेशबाट मध्य प्रदेशतर्फ लागेको सेन्टरले जनाएको छ। सेन्टरका अनुसार सो सलहको झुण्ड नेपालको रुपन्देहीबाट करिब ७ सय किलोमिटर टाढा पुगेको छ।
हावाको दिशासँगै सलहले पनि दिशा परिवर्तन गरेको हो। सलहले धेरैजसो मकैबालीमा क्षति गरेको सेन्टरले जनाएको छ।
सलहले आक्रमण गरेको बोट बीरुवा तथा क्षतिको स्तर
| क्र स | जिल्ला | बालीहरु | आक्रमण भएको क्षेत्रफल | क्षतिको स्तर | हालको अवस्था |
|
|
मकवानपुर | मकै/तरकारी | १०५ हेक्टर | सामान्य देखि मध्यम | नरहेको |
|
|
सिन्धुली | मकै | सामान्य | नरहेको | |
|
|
दाङ्ग | मकै तथा तरकारी | ५८० हेक्टर | सामान्य | नरहेको |
|
|
प्यूठान | मकै फलफूल तरकारी तथा भटमास |
२८३ हेक्टर |
सामान्य देखि मध्यम | केही संख्यामा अझै सकृय केही उत्तर तर्फ लागेको |
|
|
अर्घाखाँची | मकै तथा तरकारी | १०० हेक्टर | सामान्य | नरहेको |
|
|
पाल्पा | मकै तथा तरकारी | ५० हेक्टर | सामान्य | नरहेको |
|
|
रोल्पा | मकै | सामान्य | अझै सकृय |







डिसी नेपाल








Facebook Comment