नेपाल छिरेको आशंका गरिएका विकास दुबेको टाउकोको मूल्य बढाइयो
काठमाडौं। कानपुरमा ८ जना प्रहरीको हत्या गरेर फरार भएका अभियुक्त विकास दुबेको टाउकोको मूल्य बढाइएको छ । अब विकास दुबेको बारेमा खबर दिनेलाई ५ लाख रुपैयाँ भारु पुरस्कार दिइनेछ । उत्तर प्रदेशका एडिजी ल एण्ड अर्डर प्रशान्त कुमारले आज पत्रकार सम्मेलन गर्ने भएको भारतीय मिडियाले लेखेका छन् । आज विका दुबेको बारेमा ठूलो खुलासा हुन सक्ने मानिएको छ ।
विकास दुबे उत्तर प्रदेशबाट नेपालसमेत छिरेको हुन सक्ने आशंका गरिएको छ । पुलिसले दुबेको खोजी गरिरहेको छ । २ जुलाइको राती ८ जना पुलिसको हत्या गरेर फरार विका दुबेको खोजीका क्रममा पुलिसले उनका एक सहयोगीलाई इन्काउन्टरमा मारेको छ । बुधबार बिहान विकासको दाहिने हात मानिने अमर दुबे इन्काउन्टरमा मारिएका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment