सिरी ए मा एटलान्टाविरुद्ध युभेन्टसको खेल बराबरी

डिसी नेपाल
२८ असार २०७७ १५:२१

काठमाडौं । इटाली सिरी ए मा एटलान्टाविरुद्ध युभेन्टसले बराबरी खेलेको छ । क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा दुई गोल गरेपछि एटलान्टालाई बराबरीमा रोकेर युभेन्टस आठ अङ्कको अग्रतासहित सिरी ए को शीर्ष स्थानमा यथावत छ ।

अधिकांश समय खेल नियन्त्रणमा राखेर दुई गोलको अग्रता लिएको एटलान्टालाई बराबरीमा रोक्न क्रिष्टियानो रोनाल्डोको दुईवटा पेनाल्टी प्रहार पर्याप्त हुन गयो । एटलान्टाका लागि डुभान जपाटा र रस्लान मेलिनोस्कीले सामान एक–एक गोल गरे । सोह्रौँ मिनेटमा जपाटाको गोलबाट एटलान्टाले युभेन्टसमाथि १–० को अग्रता बनाएको थियो ।

पच्पनौँ मिनेटमा युभेन्टसले पाएको पेनाल्टीको अवसरलाई क्रिष्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए । असीऔं मिनेटमा मेलिनोस्कीले एटलान्टाका लागि गोल थप्दै खेल २–१ को स्थितिमा ल्याए ।

तर ८९ औँ मिनेटमा मार्टेन डी रुनको हयाण्डबलले युभेन्टसका लागि पेनाल्टीको अवसर जुराएको थियो । उक्त अवसरलाई रोनाल्डोले गोलमा परिणत गर्दै खेल २–२ को बराबरीमा टुङ्ग्याए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.