बार्सिलोनाको रियाल मड्रिड माथि दबाब कायमै
काठमाडौं । आर्तुरो विडालको गोलको मद्दतमा बार्सिलोनाले वेलाडोलिडलाई १–० ले पराजित गर्दै लिगको शिर्ष स्थानमा रहेको रियाल मड्रिड माथि दबाब कायमै राखेको छ । बार्सिलोना र रियाल मड्रिड बिच अब एक अंकको दुरी रहेको छ तर मड्रिडले एक खेल कम खेलेको छ । बार्सिलोना गत दुई सिजनको विजेता हो ।
खेलको १५ औं मिनेटमा मेस्सीको असिस्टमा विदलले गोल गर्दै टिमलाई अग्रता दिलाए। मड्रिड टोलीले सोमबार ग्रेनाडासँग भिड्नेछ। बार्सिलोनाले ओसासुना र अलाभ्सको सामना गर्न बाकि रहेको छ। यदि बार्सिलोना र मड्रिडको अंक बराबर रहयो भने मड्रिडले उपाधि जित्ने सम्भावना रहनेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment