इरानमा पुनः बढ्यो कोरोना संक्रमण, सबै किसिमका समारोहमा रोक
काठमाडौं । इरानमा पुनः कोरोना भाइरसको संक्रमण बढेको छ। लकडाउन खुकुलो बताएको इरानमा पुनः कोरोना बढेपछि भिडभाड हुने सबै किसिमको समारोहमा रोक लगाइको बीबीसीले जनाएको छ।
इरानका राष्ट्रपति हसन रौहानीले शनिबार इरानमा भिड हुने सबै किसिमको समारोहमा रोक लगाउने घोषणा गरेका छन् ।राष्ट्रपतिले यस्तो घोषणा गरेसँगै तेहरानको प्रहरीले विवाहस्थल र शोक सभाहरु बन्द गर्ने बताएको छ । तर इरानको अर्थतन्त्र भने खुला रहने राष्ट्रपतिले बताएका छन् ।
शनिबार इरानमा कोरोना भाइरसको कारण १८८ जनाको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा इरानमा कोरोना भाइरसका दुई हजार ३९७ नयाँ संक्रमित फेला परेका छन् ।
इरानमा युनिभर्सिटीको प्रवेश परीक्षा पनि रद्द गरिएको छ । इरानमा कोरोना भाइरसका संक्रमित बढ्नुको कारण यस किसिमका समारोह रहेको अधिकारीहरुले बताएका छन् ।







डिसी नेपाल







Facebook Comment